लोक समाचारदाता
जनकपुरधाम, फागुन २० गते ।
प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध सागरनाथ वन परियोजनापछि अब विरगंज चिनी मिलको जग्गा विक्री गर्ने गरेको निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने तयारीमा जुटेका छन ।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले विरगंज चिनि मिलको जग्गा विक्री गर्ने संघ सरकारको निर्णय विरुद्ध प्रदेश सरकार अदालतमा मुद्दा दिन लागेको जानकारी दिए ।
उनले बन्द अवस्थामा रहेको चिनी मिल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुको सट्टा संघीय सरकारले विक्री गर्ने निर्णय गरेर प्रदेश सरकारको अधिकारमा हस्तक्षेप गर्ने प्रयास गरेको विरुद्ध आफूहरुलाई अदालत बाहेक अर्को विकल्प नभएकोले मुद्दा हाल्ने तयारीमा जुटेको भने ।
मुख्यमन्त्री राउतले संघीय सरकार पटक पटक प्रदेशको क्षेत्राधिकार भित्र हस्तक्षेप गर्दै संघीयताको मर्मलाई लाई समाप्त पार्ने खेल खेल्दै आरोप लगाउंदै यस्तै अवस्था विद्यमान रहयो भने संघीयता समाप्त भएर जाने आरोप लगाए ।
केही दिन अघि मात्र संघीय सरकार विरगंज चिनि मिलको ६ विग्घा जग्गा विक्री गर्ने निर्णय गरेको थियो । यसअघि सर्लाही स्थित सागरनाथ वन परियोजनाका लागि पनि प्रदेश सरकारले संघ सरकार विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरिसकेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !