लोक समाचारदाता
जनकपुरधाम, फागुन १६ गते ।
विपतमा परेका व्यक्तिको उत्तरदायी सामाजिक संरक्षण कार्यक्रममा स्थानीय सरकारको तयारीलाई सुदृढ पार्ने सम्बन्धी एक दिने अन्तरक्रिया धनुषाको बडहरीमा विपत व्यवस्थापन अन्तर्गत नेपाल रेडक्रस सोसाइटी धनुषाद्वारा सम्पन्न भएको छ ।
युनिसेफको सहयोगमा संचालन हुने कार्यक्रमका लागि धनुषाको औरही गाउँपालिका र मिथिला नगरपालिकालाई छनौट गरिएको हो ।
सो कार्यक्रम बारे जानकारी दिदै रेडक्रस सोसाइटीका प्रतिनिधि रमेश घिमिरेले जानकारी दिदै भने यो कार्यक्रमको मूल लक्ष्य विपतमा परेकालाई तथ्यांक संकलन गरी पिडीतलाई सामाग्री वितरण होइन त्यस वापतको नगद पैसा नै बैंक मार्फत वितरण गरिने रहेको छ । यसले अनियमिता रोक्नुका साथै वास्तविक पीडीतले सुविधाले पाउनेछ ।
बाढीबाट अति संकटासन्न वस्ती तथा वार्डको पहिचान गरी जोखिममा रहेका घरधुरीको नाम दर्ता गरी नगद हस्तान्तरणको उपयुक्त संयन्त्रसँग जोडेर भविष्यमा विपत पश्चात नगद हस्तान्तरण सजिलो बनाउने कार्यक्रमको उद्देश्यले रहेको उनले जानकारी दिए ।
त्यसैगरी कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले यो कार्यक्रमले विपतमा परेकालाई समाजिक सुरक्षा र संरक्षण दुवै गर्नेछ भने तथ्यांक संकलन भएपछि विपत आएको बेला जोखिम पहिचान गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा अर्का वक्ता मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले भने यो कार्यक्रम मार्फत संकलन गरिएको तथ्यांकले विपत परेको बेला पिडीत खोज्न सजिलो हुने लगायतका सहयोग हुनेछ र समयमै पिडीतले राहत वापतको रकम पाएर सो रकम सही सदुपयोग गर्नेछ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्षका नरेश सिंहले कार्यक्रमको मूल लक्ष्य बाढी प्रभावित व्यक्तिको तथ्यांक संकलन गर्ने रहेको जानकारी दिदैं भोलीको दिनमा कार्यक्रम सफल भएपछि जिल्लाका अन्य पालिकामा समेत कार्यान्वयनमा ल्याइने बताए ।
सो कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव वनरैत यादव, औरही गाउँपालिकाका प्रमुख ब्रम्हदेव यादव लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !