एजेन्सी
बेइजिङ, फागुन ९ गते ।
चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २ सय ३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएको छ ।
समाचार एजेन्सीका अनुसार गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ ।
शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या २ हजार २ सय ३६ पुग्नुको साथै ७५ हजार ५७६ व्यक्ति संक्रमित भएका छन् ।
भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेको जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !