लोक समाचारदाता
जनकपुरधाम, फागुन ९ गते ।
प्रदेश २ का राजधानी जनकपुरधाममा सुविधा सम्पन्न होटल परफेक्ट प्लाजाको शुभारम्भ भएको छ ।
शुक्रवार एक समारोहका बीच सो होटलको पुजापाठ सहित शुभारम्भ गरिएको हो । होटलका संचालक प्रदीप साहका बुवा महेन्द्र साहले फिता काटेर सो होटलको शुभारम्भ गरेका हुन ।
करोडौको लागतमा रामानन्द चौकमा निर्मित सो सुविधा सम्पन्न चार तल्ले होटलमा २० वटा कोठा र लिफ्ट समेतको व्यवस्था रहेको जनाइएको छ । होटलमा मिथिला भोजन र नेपाली थालको व्यवस्था सहित विभिन्न कार्यक्रमका लागि पुर्णवातानुकुलित हलको व्यवस्था रहेको होटल संचालक प्रदीप साहले जनाएको छ ।
यसका साथै जनकपुरधामको पर्यटकीय विकासका लागि होटलमा बास बस्ने अतिथिलाई स्थानीय गंगा सागर सहित विभिन्न धार्मिक स्थलको जानकारी सहितको बुकलेट व्यवस्था प्रत्येक कोठामा गरिएको र तिनीहरुले घुम्न जाने इच्छा राखेमा गाईड सहित गाडीको व्यवस्था समेत होटल व्यवस्थापकद्वारा गराईने व्यवस्थापन सहियोगी अशोक दत्तले जानकारी दिए । ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !