लोक समाचारदाता
जनकपुरधाम, फागुन ९ गते ।
आउँदो वैशाख महिनादेखि संचालनमा आउने भनिएको जयनगर जनकपुरधाम (कुर्था) रेलवेका लागि नेपाल रेलवे कम्पनी कम्पनी लिमिटेड जनकपुरले २६ जना कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशन गरेको छ ।
शुक्रवार प्रकाशन गरिएको सो सूचनामा करार सेवाका लागि प्राविधिक तहका विभिन्न ९ वटा पदको विज्ञापन निकालेको हो । विज्ञापनमा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्रसम्म निवेदन दिन योग्यता पुगेका आवेदकहरुलाई आह्वान गरिएको छ ।
करार सेवामा भर्नाका लागि रेलवे सिनियर सेक्नस इन्जिनीयर सिग्लिंग, स्टेशन मास्टर, चीफ पावर कन्ट्रोलर, चीफ लोको इन्सपेक्टर, लोको पाइलट, सह लोको पाइलट, पी.वे. सुपरभाइजर, मेकानिक र पोइन्टस मेन सहितका पदमा भर्नाका लागि विज्ञापन प्रकाशन गरेको हो ।
सो पदहरुका लागि अनुभवीलाई विशेष ग्राहयता दिने भनिएको छ । विज्ञापन यस्तो रहेको छ :
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !