घनश्याम मिश्र
जनकपुरधाम, फागुन ८ गते ।
जनकपुरधाममा जारी ह्याण्डबल प्रतियोगितामा शुक्रवार भएको महिला तर्फको खेलमा एपीएफले जनकपुरधामलाई ३८ गोलको अंतरले पराजित गरेको छ भने पुरुष तर्फको दोश्रो खेलमा काठमाडौंले एपीएफलाई १ गोलले पराजित गरेको छ ।
दोश्रो मिनी गिरी खुल्ला महिला पुरुष ह्याण्डबल प्रतियोगिताको दोश्रोदिनको पहिलो खेलमा शसस्त्र प्रहरी बलको महिला टीमले ४२ गर्दै जनकपुरलाई ३८ गोलको अन्तरले पराजित गरेको हो । निर्धारित ४२ गोलमा जनकपुरधामले मात्र ४ गोल गर्न सके ।
विहीवार विहान भएको पहिलो खेलमा टस जितेका एपीएफले बल रोजेर मैदानमा उतरेका थिए । दोश्रो खेलमा टास जितेको एपीएफलाई झिनो एक गोल अन्तरले काठमाडूले पराजित गरेको छ ।
निकै नै रोचक भएको दोश्रो खेलमा एपीएफले जम्मा ३३ गोल गरे भन्ने विजेता बनेका काठमांडुले निर्धा्रित समयमा ३४ गोल गरेर एक गोल अंतरले विजयी भयेका छन ।
यस अघि नै पुरुष तर्फ काठमाडूले पहिले मैचमा जनकपुरलाई हराई सकेको र यो दोश्रो जीत हासील गरेर नम्बर एक स्थानमा रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !