लोक समाचारदाता
जनकपुरधाम, फागुन ६ गते ।
एक युवकको शव झुण्डिएको अवस्थामा धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा फेला परेको छ ।
राति ८ बजे घरबाट वेपता भएका स्थानीय युवक १७ वर्षिय विवेक कुमार महतो आफ्नै बगैचाको आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
स्थानीय महेन्द्र मा.वि. मा कक्षा १० मा अध्ययनरत विवेक पत्रिका बाड्ने काम समेत गर्दै आएका थिए । उनको हत्या कसले गरयो वा आत्महत्या गरेको भन्ने कुराको अनुसन्धान भइरहेको कुरा ईप्रका ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !