लोक समाचारदाता
जनकपुरधाम, फागुन ६ गते ।
प्रहरीले धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ४ बाट एक होटल संचालकलाई महिलालाई वेश्यावृतिमा लगाएको आरोपमा पक्राउ गरेको छ ।
स्थानीय अमर ज्योति होटल एण्ड गेष्ट हाउसमा सरसफाइकालागि राखिएको महिलालाई वेश्यावृतीमा लगाएको आरोपमा होटल संचालक शुशिल कुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी धनुषाले जनाएको छ ।
मानव वेचविखन ओसार पोसार मुद्दामा अनुसन्धान पुरा गरी धनुषा जिल्ला अदालतको आदेशमा मण्डलालाई पुर्पक्षको लागि सिन्धुली कारागारमा पठाउने आदेश आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक अशोक झाले जानकारी दिएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !