लोक समाचारदाता
जनकपुरधाम, फागुन ५ गते ।
धनुषा प्रहरीले सामूहिक बलात्कार आरोपमा दुई जनालाई घटनास्थलबाटै पक्राउ गरेको छ ।
जनकपुरधाममा एक महिलाको सामुहिक बलात्कार घटनामा संलग्न रहेको आरोपमा महोत्तरी जिल्लाको औरही ७ का नरेश महतो र भारत बिहार मधुबनी जिल्लाको कलुवाहीको राघवेन्द्र सिह सहित दुई जनालाई पक्राउ गरिएको कुरा जिप्रका धनुषाका प्रहरी निरिक्षक अशोक झाले बताएका छन ।
सोमवार विहान जनकपुरधाम ८ रामानन्द चौककी एक ४० वर्षिय महिलाको ३/४ जनाको समूहले उनकै घरमा बलात्कार गरेको कुरा प्रहरीले स्थानीयलाई उदृत गर्दै जनाएको छ । घटना पश्चात स्थानीयले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
प्रहरीले घटनाको अनुसन्धानको क्रममा ती दुवैलाई पक्राउ गरेको हो । बलात्कार भएकी महिलाको स्वास्थ्य परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाईएको प्रहरी निरिक्षक झाले जानकारी दिएका छन ।
घटनामा संलग्न अन्य आरोपित हाल फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको बताउंदै जिप्रका धनुषाले मेडिकल रिपोर्ट र मुचुलकापछि पक्राउ परेकाहरु दोषी देखिएपछि तिनीहरु विरुद्ध जबरदस्ती करणीको मुद्दा दायर गरे कानूनी प्रक्रिया अघि बढाईने जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !