लोक समाचारदाता
जनकपुरधाम, फागुन ४ गते ।
धनुषाको नगराईन नगरपालिका ७ विर्तामा भएको आगलागीमा एक गाईको बाछीको मृत्यु संगै करीब ५ लाख रुपैया बराबरको धनमाल जलेर नष्ट भएको छ ।
शनिवार अबेर राति स्थानीय रामचन्द्र मण्डलको घरमा भएको सो आगलागीमा गाईको बाछी जलेर मरेको छ भने गाई समेत घाइते भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ज.८ प.९१४३ नम्बरको मोटर साईकल १ थान, साईकल २ थान, पम्पिङ सेट १ थान जलेर करीब ५ लाख रुपैया बराबरको क्षति भएको छ ।
मण्डलले लामखुट्टे भगाउन बालेको अगेनाले आगलागी भएको जिप्रका धनुषाले जनाएको छ । समयमै स्थानीय र शसस्त्र तथा नेपाल प्रहरी टोली घटना स्थलमा पुगेर आगोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !