लोक समाचारदाता
जनकपुरधाम, फागुन ३ गते ।
गीतकार संघ नेपालको प्रदेश स्तरीय दुई दिने गीतकार÷श्रष्ठा भेला तथा गीत शिविर प्रदेश २ को राजधानी जनकपुरधाममा शुरु भएको छ ।
शनिवारदेखि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा गीतकार संघ नेपालको आयोजनामा शुरु भएको सो शिविर फागुन ४ गते आइतवारसम्म चल्ने छ ।
गीतकार÷श्रष्ठा भेला तथा गीत शिविर कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश २ का वरिष्ठ साहित्यकार एवं गीतकार डा. राजेन्द्र विमल र गीतकार डा. डीआर उपाध्यायलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मानित गरिएको छ ।
कार्यक्रका विशिष्ठ अतिथि प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले उनीहरुलाई सम्मान गरेको हो । उद्घाटन सत्रमै गीतकार अशोक दत्तद्वारा लिखित एवं सुनिल मल्लिकको स्वरमा रहेको मिथिला गान भन्ने गिती एल्बमको लोर्कापण समेत गरिएको छ ।
गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाको अध्यक्षतामा सम्पन्न सो उद्घाटन सत्र कार्यक्रममा मधेशी आयोगका अध्यक्ष विजय दत्त एवं प्रदेशभरिका गीतकार, साहित्कायरहरुको उपस्थिति रहेको थियो ।
दुई दिनसम्म चल्ने सो गीत शिविरमा समाजिक तथा सांस्कृति अन्तरघुलनमा गीतको भूमिका विषयक कार्यपत्र अवधेश पोखरेलद्वारा प्रस्तुत गरिनेछ भने सो कार्यपत्रमा आनन्द गुप्ताले टिप्पण गर्नेछ र सोही कार्यपत्रमा अन्तरक्रिया समेत गरिने जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !