लोक समाचारदाता
जनकपुरधाम, फागुन १ गते ।
अनेरास्ववियू क्रान्तिकारी निकटका विद्यार्थिहरुले रामस्वरुप रामसागर बहुमुखि क्यामसमा २५ औ जनयुद्ध दिवसको अवसरमा सहिदको सम्झनामा दिप प्रज्वलन गरेको छ ।
दश वर्षसम्म माओवादीले सशस्त्र जनआन्दोलन गरेको आज २४ वर्ष पुगेको भन्दै अनेरास्ववियू क्रान्तिकारी निकटका विद्यार्थिहरुले राराब क्याम्पसमै दिप प्रज्वलन गरेको हो ।
२०५२ फागुन १ गतेबाट तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले मुलुकमा आमुल राजनीतिक परिवर्तनका लागि भूमिगत रुपमा सशस्त्र जनआन्दोलन चलाएको र त्यस आन्दोलनमा सहिद भएकाहरुको सम्झनामा दिपप्रज्वलन गरिएको विद्यार्थि नेता आन्नद झाले बताए ।
झाले जनयुद्ध भएकै कारण आज जनताद्वारा शासित धर्म निरिपेक्ष राष्ट्र बनेको छ देश । राजनीतिक परिवर्तनमार्फत समतामुलक एवं समृद्ध नेपालको परिकल्पना गरेर विगतमा विभिन्न राजनीतिक संघर्षहरुको पूर्णता, दश वर्षे जनयुद्ध र दोश्रो जनआन्दोलन पछि प्राप्त भएको बताए ।
दश वर्षे जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकोमात्र होईन, २ सय ४० वर्षे एकात्मक शासन व्यवस्थालाई समेत अनत्य गरेकोले हामी जनयुद्ध दिवस मनाएको विद्यार्थि नेता आनन्द झाले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !