लोक समाचारदाता
जनकपुरधाम, माघ २६ गते ।
जनकपुरधामस्थित मोनाष्टिक आवासीय माध्यमिक विद्यालयमा साप्ताहिक खेलकुल कार्यक्रम आयोजना गरिएका छ ।
प्री स्कूल फैमिली वीकको रुपमा शुरुवात गरिएको सो साप्ताहिक खेलकुद कार्यक्रम माघ २६ गते विधिवत रुपमा उद्घाटन गरिएको छ भने फागुन २ गतेसम्म संचालन हुने जनाइएको छ ।
विद्यालयका निर्देशक डा. सोनु साहको अध्यक्षता एवं जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरिक्षक परशुराम घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथी घिमिरेले मोनाष्टिक विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै विद्यालयको प्रशंसा गरेका थिए ।
प्री प्राइमरी लेभलका विद्यार्थीहरुका लागि सो साप्ताहिक खेलकुद प्रत्येक वर्ष आयोजना गरिने कुरा विद्यालयका संचालक समेत रहेका साहले जानकारी दिएका छन ।
आइतवार आयोजित पहिलो दिनको सो खेलकुद कार्यक्रममा स्वीट रेस, बनाना रेस, दौड, बकेट बलमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार र मेडल वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयकी संस्थापिका वीणा देवी साह लगायत बिद्यार्थी, शिक्षक एवं कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !