Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर साहको दबंगगिरीले उपमहानगरपालिकाको आर्थिक कारोबार ठप्प


लोक समाचारदाता
जनकपुरधाम, माघ २६ गते ।

मेयर लाल किशोर साहको दबंगगिरीको कारण जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कारोबार गत तीन महिनादेखि ठप्प भएको छ ।

आर्थिक कारोबार ठप्प भएको कारण कर्मचारीहरु कात्तिक महिना यतादेखि तलब खान सकेका छैनन भने पालिका अन्तर्गतका शिक्षकहरु समेतको तीन महिनादेखि तलब भत्ता खान पाएको छैन र अन्य आर्थिक कारोबार समेत ठप्प हुन गएको हो ।

लेखा अधिकृतको आभावमा प्रशासकीय अधिकृत धर्मानन्द जोशीकै नाममा खाता संचालन रहेको थियो । तर मेयर साहले अवैध काममा समेत सिफारिस र आर्थिक कारोबार भुक्तानीका लागि दिदै आएको दबावका कारण उनले पुसको दोश्रो सातामै सरुवा गराएपछि पालिकाको खाता नै संचालनमा नरहँदा आर्थिक कारोबार पुर्णरुपमा ठप्प हुन गएको छ ।

श्रोतका अनुसार मेयर साहले आफ्ना कार्यकर्ता र लठैत पाल्न अधिकृत जोशीलाई विभिन्न अवैध काममा सिफारिस र नभएका कामहरुको पनि भुक्तानी दिन दबाव दिदै आएको कारण उनी आएदेखि नै तनावमा थिए । मेयर साहको तनाव सहन नसकेपछि उनी यहाँबाट सरुवा गराएर थिए ।

उपमहानगरपालिकाका एक कर्मचारीका अनुसार मेयर साहले उनलाई आफ्नो अनुकुल काम गर्न दबाव दिदै आएको थियो यहाँसम्म की उनले चढने गाडी समेत मेयर साहले छिनिसकेका थिए । आफ्नो अनुकुल काम नगरे कुटपिट गर्ने, सरुवा गरिदिने लगायतका धाक धम्की समेत मेयर साहले दिदै आएको थियो । जोशी तनाव सहन नसकेपछि आफ्नो सरुवा नै गराएर गयो ।

यति मात्र मेयर साहको दबंगगिरीको शिकार काज सरुवामा खटाइएका लेखा अधिकृत आशुतोष ठाकुर समेत भएका छन । लेखा अधिकृत ठाकुरलाई मेयर साहले आफ्नो अनुकुल नै काम गर्न अर्थात अवैध कामको पनि भुक्तानी दिन दबाव दिएपछि उनीपनि शैक्षिक विदाको बहाना बनाई त्यहाँ निस्केको श्रोतको दाबी छ ।

दरबन्दीमा रहेका लेखा अधिकृत दिनेश साह विद्युतिय बल्ब प्रकरणमा अख्तियारको छानबीनमा कारवाहीमा परेपछि निलम्बन भएदेखि जिल्ला समन्वय समितिमा रहेका ठाकुरलाई काज सरुवामा उपमहानगरपालिकामा पठाइएको थियो । तर उनी गएको दुई महिना नबित्दै मेयर साहको दबाव सहन नसकेपछि शैक्षिक विदामा गयो । विदा कटिसकेपछि पनि उनी उपमहानगरपालिकामा फर्केर गएन ।

लोकपुकार सँग कुरा गर्दै लेखा अधिकृत ठाकुरले भने आफू १० दिनको लागि विदामा गएको थियो । तर जिसस, श्रम तथा रोजगार कार्यालयमा समेत काम रहेकोले उपमहानगरपालिकाको कामको दबाव थेग्न गाह्रो भएको कारण पुनः त्यहाँ गएको छैन ।

यस सम्बन्धमा उपमेयर रीता मिश्रले प्रशासकीय अधिकृत धर्मानन्द जोशी मेयर साहको र लेखा अधिकृत विहिन नरहेको कारण खाता संचालन हुन नसक्दा उपमहानगरपालिकाको आर्थिक कारोबार ठप्प रहेको कुरा बताएकी छिन ।

उनले भनिन प्रशासकीय अधिकृत धर्मानन्द जोशीको गत पुस महिनाको दोश्रो सातामा सरुवा भएको र काज सरुवामा रहेको लेखा अधिकृत आशुतोष ठाकुर समेत शैक्षिक विदामा रहेको कारण मंसिर महिनादेखि नै खाता सँचालन हुन सकेन र सो अघि पालिकाको सर्भर नै डाउन भएको कारण तीन महिनादेखि आर्थिक कारोबार ठप्प रहेको छ ।

आर्थिक कारोबार ठप्प भएपछि दिनहुँ दर्जनौ व्यक्ति भुक्तानीका लागि उपहानगरपालिका धाउने गरेको छ भने कर्मचारी र शिक्षकहरु समेत तलब नपाउँदा तनाव खेपिरहेका छन । उनीहरुले तलब भत्ताको यथाशिघ्र व्यवस्था नगरिए उपमहानगरपालिका विरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन ।

उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अधिकृत जोशीको सरुवा भएपछि मेहीलाल यादवलाई निमित प्रशासकीय अधिकृत त तोकियो, तर उहाँलाई आर्थिक कारोबारको जिम्मा नदिई मात्र प्रशासनिक कार्यको जिम्मा दिएका छन । कर्मचारीहरुले प्रशासकीय अधिकृत केन्द्रबाट नआउंदासम्म निमित अधिकृतकै नाममा खाता संचालन गरी तलब खुवाउन माँग गरेका छन ।

यता निमित अधिकृत यादवले भन्नु भयो आर्थिक कारोबार ठप्प भएपछि उपमहानगरपालिकामा काम गर्न निकै समस्या भएको छ, तर गर्ने के आफूलाई आर्थिक कारोबारको जिम्मा दिइएको छैन र लेखा अधिकृत सहित कर्मचारी नै छैनन । शिक्षक र सरसफाई देखि विकास निर्माणका काम गर्नेहरु दिनहुँ तलब भत्ताका लागि ताकेता गर्न आउँछन ।

शिक्षकको तलब भत्ता मात्रै होइन विद्यालयको दिवा खाजा, सरसफाई, व्यवस्थापन सम्बन्धी अन्य कारोबारमा आर्थिक कारोबारले समस्या उत्पन्न भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव