लोक समाचारदाता
जनकपुरधाम, माघ २६ गते ।
कामख्या परिवार नेपालले जनकपुरधाम उपमहानगरपालिका १४ का गरीब विपन्न परिवारलाई कम्बल, साडी र खाद्यान्न सामाग्री वितरण गरेका छन ।
समाजिक अभियन्ता युवा सुमित कर्णको पहलमा शनिवार एक कार्यक्रमका बीच वडाका अति विपन्न दलित, एक महिला लगायतका परिवारका एक सयभन्दा बढी व्यक्तिलाई खाद्यान्न तथा कपडा सामाग्री वितरण गरिएको हो ।
कामाख्या परिवारले यसअघि पनि कठ्याग्रो चिसोमा कम्बल सहितका न्यानो लुगा कपडा वितरण गरिसकेका छन भने समय समयमा कुष्ठरोगीको आर्थिक सहयोगका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।
कामाख्या परिवारले दलित, विपन्न र गरीब परिवार सहित कुष्ठरोगीको सहयोगका साथै योग साधना लगायतका विभिन्न कार्यक्रम निरन्तर रुपमा आयोजना गर्दै आएको कामाख्या परिवार नेपाल जनकपुरका अध्यक्ष विभास लाभले जानकारी दिएका छन ।
अध्यक्ष बिभास लाभको प्रमुख आतिथ्यमा पछिल्लो पटक वितरण गरिएको कपडा र खाद्यान्न सामाग्री वितरण कार्यक्रममा वडा प्रहरी कार्यालय मुजेलियाका प्रमुख, कामाख्या परिवारका सचिव ललिता लाभ, शहीदनगर नगरपालकाका स्वास्थ्य शाखा प्रमुख कपिलदेव अधिकारी लगायत स्थानीय तथा कामाख्या परिवारका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !