लोक समाचारदाता
जनकपुरधाम, माघ २५ गते ।
नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता हरिभक्त कँडेलले सरकारले गरेको एमसीसी सम्झौता खारेज नगरिए हदैसम्मको आन्दोलन गर्ने चेतावनी दिएका छन ।
शनिवार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी प्रवक्ता कँडेलले देशको राष्ट्रियतालाई दुर्घटनामा पार्ने गरी मुलुकलाई द्वन्द्वको भुमरीमा फसाउन देशलाई कम्युनिष्ट सरकारले विदेशीहरुको जिम्मा लगाउन लागेको आरोप लगाए ।
उनले मुलुकको छिनिएको भू–भाग भारत र चिन लगायतसँग फिर्ता लिन र एमसीसी सम्झौता खारेज गर्ने माग सहित आफूहरु सहित ९ वाम दलले विरोधमा उत्रिसकेको जानकारी समेत दिए ।
प्रवक्ता कँडेलले नेपाली भूमिबाट भारतीय फौज हटाउन र एमसीसीमा हस्ताक्षर नगर्नका लागि मुलुकभर अभियान संचालन गरेको स्पष्ट पार्दै विभिन्न सन्धी सम्झौताको नाममा पैसा कमाउन आफू अनुकुल देशलाई मोडन कम्युनिष्ट सरकारले देशलाई गुलाम बनाउन खोजेको आरोप लगाए ।
साथै उनले एमसीसीमा रहेका रणनीति गुणस्तर सडक र विद्युत प्रसारण ग्रिड लगायतका बुँदाले देश र जनताका लागि सय वर्षसम्मका लागि विदेशीहरुको गुलाम बनाउन वर्तमान सरकारले कम्यूनिष्टको नाममा गैर कम्यूनिष्टहरुले लागि परेको भनी आक्रोश व्यक्त गरे ।
उनले भारतीय फौजको कब्जामा रहेको नेपाली भुमी आफ्नो मातहत ल्याउन र अमेरिकाको गुलाम बनाउने गरी ल्याइएको एमसीसी सम्झौता खारेजका लागि देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !