लोक समाचारदाता
जनकपुरधाम, माघ २४ गते ।
जनकपुरधाम स्थित काव्या हस्पीटलले दुई दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको छ ।
आउंदो फागुन १ र २ गते सो हस्पीटलमै आयोजना हुने उक्त शिविरमा किश्ट मेडिकल कलेज काठमाडौका वरिष्ठ चिकित्सकहरुद्वारा विभिन्न रोगको चेकजाँच गरिने बताइएको छ ।
किस्टका प्रमुख वरिष्ठ प्राध्यापक डा. सीताराम चौधरीले पेट, कलेजो तथा आंद्रा रोग सम्बन्धि बिरामीको जाँच गर्नुहुनेछ भने किस्टकै शल्यक्रिया विशेसज्ञ डा. अभिशेख थापाले शल्यक्रिया गर्ने बताइएको छ ।
त्यस्तै उक्त शिविरमा किस्ट मेडिकल कलेजका मूत्र रोग विशेसज्ञ डा. महिपेन्द्र तिवारी र आंद्रा रोग विशेसज्ञ डा. मुकेश प्रसाद साहले समेत उपचार गर्नेछ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !