लोक समाचारदाता
जनकपुरधाम, माघ २४ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अब छोरामाथि छोरीले एसिड खन्याउने अवस्था ल्याउने सोचमा आफू रहेको भनेका छन ।
समाजिक सञ्जालमा कुनै जिज्ञासामा उनले आफ्नो प्रतिक्रिया दिदै भनेको छ — अब छोरीलाई छोराको जिउमाथि एसीड खन्याइदिने अवस्था ल्याउने आफ्नो सोँचमा छु ।
मुख्यमन्त्री राउतको यस्तो गैर जिम्मेवार अभिव्यक्तिप्रति समाजिकमा निकै नै आलोचना भइरहेको छ । जनकपुरधाम स्थित स्थानीय नागरिक समाजका अगूवा शुशिल कर्णले मुख्यमन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति अपराध न्यून गर्नुको सट्टा प्रोत्साहन दिने रहेको बताएका छन ।
महिला अगुवाहरुसँगको भेटको क्रममा उनले मैथली भाषामा दिएको अभिव्यक्तिमा भनेका छन ‘तपाईहरु छोरीको बारेमा सोँच्दै हुनुहुन्छ म शुरुदेखि छोरीलाई शसक्त बनाउन खोजिरहेको छ् । म आफ्नो कार्यकालमा छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल (सक्षम) र यति वारियर (लडाकु) बनाउनु सोचिरहेको छु कि छोरीले अब छोराको मुखमा एसीड खन्याओस ।
मुख्यमन्त्री राउतले यस्तो प्रतिक्रिया दिएको भिडियो अहिले समाजिक सञ्जाल फेसबूकमा निकै भाइरल भइरहेको छ । आफ्नो पद र गरिमाको ख्याल नै नगरी मुख्यमन्त्री राउतले अपराध बढाउन तर्क दिन लागेको भनी आलोचना समाजिक सञ्जालमै हुन थालेको छ ।
https://www.facebook.com/lokpukarnews/videos/2517040811899421/
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !