लोक समाचारदाता
जनकपुरधाम, माघ २३ गते ।
भारत बिहारको सितामढीमा एक व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएपछि धनुषाको सिमावर्ती क्षेत्रमा चेकजाँच डेस्क राख्ने निर्णय गरिएको छ ।
जिल्ला बिपत व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको अध्यक्षतामा सरोकारवाहरुको बैठकबाट सिमावर्ती क्षेत्र जटही लगायतको बढी आवतजावत हुने नाकामा चेकजाँच डेष्क राख्ने निर्णय गरिएको जनाइएको छ ।
जिल्लाको भारतीय नाकासंग ओहोर दोहोर हुने प्रमुख नाकाहरुमा कोरोनाको निगरानीका लागि सशस्त्र प्रहरीको सहयोगमा चेकजाँचको लागि डेस्क राख्ने निर्णय गरिएको प्रजिअ कणेलले जानकारी दिएका छन ।
उनले भने नेपाल सँग जोडिएका छिमेकी राष्ट्र भारत बिहारमा कोरोनाको भाईरस संक्रमित विरामीहरु फेला पर्न थालेपछि नेपालमा प्रवेश नगरियोस् भन्ने उद्धेश्यका चेकजाँच डेस्क राखिनेछ प्रदेश स्वास्थ्य अस्पतालमा समेत छुट्टै डेस्क समेत राखिने निर्णय गरिएको हो । साथै संघीय सरकारको निर्देशनानुसार जिल्लाको सबै पालिकामा सचेतनामलूक सूचना पठाइ सकिएको जानकारी दिए ।
चिनमा खाना पकाउने सीमावर्ती क्षेत्रसँग जोडिएका भारत विहार राज्यको सितामढी जिल्लाको चरौत निवासी एक युवामा कोरोना भारइसको लक्ष्ण देखिएकाले उनलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।
जनकपुरधाममा पनि चीनमा अध्ययनरत रहेका केही बिद्यार्थीहरु चिनबाट भागेर आएकाले प्रहरीले त्यस्ता विद्यार्थीहरुलाई खोजेर उनको स्वास्थ्य अवस्थाबारे बुझने प्रयास भइरहेको छ । तर अहिलेसम्म जनकपुरमा त्यस्ता कुनै विरामी फेला नपरेको उनले बताए ।
यसअघि महोत्तरीको १३ स्थानमा हेल्प डेक्स राखि सकिएको छ । धनुषाको जटही नाका लगायतको सिमावर्ती क्षेत्रमा पनि प्रदेश २ को स्वास्थ्य निर्देशनालयको समन्वयमा डेस्क राखिन लागिएको हो दुई÷तीन दिनभित्रै कार्यान्वयनमा आउने जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !