लोक समाचारदाता
जनकपुरधाम, माघ २२ गते ।
घुस सहित पक्राउ परेका सिरहाको लहान स्थित सडक डिभिजन कार्यालयका निमित प्रमुख विन्दा साह, इन्जिनियर नविनकुमार साह र सब इन्जिनियर विरेन्द्रकुमार साह विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
इन्जिनियर नविनकुमार साह र सब इन्जिनियर विरेन्द्रकुमार साह सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस वापत १५ लाख ९६ हजार रुपैया सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासका टोलीले पक्राउ गरेको थियो ।
अनुसन्धानको सिलसिलामा सडक डिभिजन लहान सिरहाका इन्जिनियर नविनकुमार साह र सव इन्जिनियर विरेन्द्रकुमार साहले सेवाग्राहीसँड निर्माण कार्य सम्पनन्ता वापत सो रकम घुस लिएको देखिएको अख्तियारको दाबी रहेको छ ।
भ्रटाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन मागदाबी दाबी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
त्यसैगरी निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी गराए वापत ३ लाख रुपैया घुस लिएको आरोपमा पक्राउ परेको थियो ।
साह विरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको कुरा आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !