लोक समाचारदाता
जनकपुरधाम, माघ २१ गते ।
अवैध उत्खनन अभियन्ता दिलिप महतोको हत्यापछि धनुषा प्रहरी जिल्लामा अवैध बालुवा गिट्टी उत्खनन रोक्न प्रहरीले सक्रियता देखाएको छ ।
धनुषाको मिथिला नगरपालिका स्थित औरही खोलामा अवैधरुपमा बालुवा गिट्टी उत्खनन कार्यको विरोध गर्दा गत पुस २४ गते दिलिप महतोको हत्या भएपछि चौतर्फि अवैध उत्खननको विरोध हुन थालेपछि प्रहरीले सक्रियता बढाएको हो ।
यसैक्रममा आइतवार राति करीब ८ बजेको समयमा इलाका प्रहरी कार्यालय ढल्केवरले अवैध रुपमा बालुवा गिट्टी उत्खनन गरिरहेका एउटा जेसीबी र चारवटा लोडिंग टिपर सहित ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।
नियन्त्रणमा लिइएको टिपर, जेसीबी र आरोपित बारे जिल्ला समन्वय समितिमा जानकारी गराइ सकिएको र के कस्ता कारवाही हुन्छ जिससले अनुगमन गरी कारवाही अघि बढाउने प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
गणेशमान चारनाथ नगरपालिका १ चिसापानी स्थित कमला खोलाको बगरमा अवैध रुपमा बालुवा गिट्टी उत्खनन गरिरहेको खबर पाए लगतै तिनीहरुलाई नियन्त्रणमा लिई टिपर र जेसीबी इलाका प्रहरी कार्यालयमै राखिएको र आरोपित चारैजनालाई अनुसन्धानका जिप्रका धनुषामा पठाइएको प्रहरी निरिक्षक तिर्थ कार्कीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका मध्ये बा ३ खा ७६००, बा १ ख २९३९, ना २ ख २८४ र ना २ क २७८ नम्बरको चार टिपर र बा २ का २९८७ नम्बरको एउटा जेसिभी र पक्राउ पर्नेमा ३ जना टिपरका चालक र १ जना जेसीभका चालक रहेको प्रहरी निरीक्षक कार्कीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको टिपर र जेसीभी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलिया स्थित उपेन्द्र साहले संचालन गरेको मिथिला कन्ट्रक्सनको रहेको बताइएको छ ।
यता जिसस प्रमुख रामदेव वनरैत यादवले टिपर धनी र क्रसर उद्योगीहरु अवैध उत्खनन नगरी जम्मा गरिएको बालुवा गिट्टी उठाइरहेको बेला प्रहरीले लिएको भनी भेट गरी भनेका छन । तर वास्तविकता के हो अनुगमनबाट निस्केको निष्कर्षपछि कारवाही पक्रिया अघि बढाउनु जानकारी दिए ।
उता दिलीप महतोको हत्या पश्चात मुलुकभर चुरे क्षेत्रको दोहनको विरोध गर्दैै दिलिपलाई पर्यावरण शहिद घोषणा गर्न दवावमुलक कार्यक्रमहरु हालसम्म गर्दै आएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !