लोक समाचारदाता
जनकपुरधाम, माघ १९ गते ।
कृषि क्षेत्रमा तोकिएको लागनी नगरेको भन्दै नेपाल राष्ट्र बैंकले (नेपाल बंग्लादेश) एनबी बैंकलाई कारबाही गरेको छ । कारवाही स्वरुप राष्ट्र बैंकले एनबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको छ ।
राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा अनिवार्य हुनुपर्ने छ । गत वर्ष एनबी बैंकले ९ प्रतिशत पनि पु¥याउन नसकेको भनाई राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकले कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना गर्ने गरेको छ । सोहि अनुसार राष्ट्र बैंकले ४ करोड जरिवाना गरेको हो ।
तर एनबी बैंकले भने गत आर्थिक वर्षमा कृषिमा मात्रै थोरै रकम नपुगेको जनाउँदै अन्य प्राथमिकता प्राप्त क्षेत्रमा भने राष्ट्र बैंकले तोकिए अनुसारको लगानी भएको बताएको छ । यसपाली भने कृषिमा पनि तोकिएको लगानी पुग्ने एनबी बैंकले दाबी गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !