लोक समाचारदाता
जनकपुरधाम, माघ १८ गते ।
जनकपुरधाम स्थित प्रादेशिक अस्पताल अगाडि एक औषधि पसलमा भएको आगलागीमा करीब २० लाख रुपैया बराबरको क्षति भएको छ ।
पंकज साहले संचालन गर्दै आएको कल्पना फार्मेसी भन्ने औषधी पसलमा अज्ञात समुहले गए राति पेट्रोल छर्केर गरेको आगलागमीमा करिब २० लाख रुपैया मूल्य बरावरको औषधी जलेर नष्ट भएको जनाइएको छ ।
विहिवार मध्यरातमा अज्ञात समूहले औषधी पसलमा पछाडीको झ्यालबाट पेट्रोल छर्केर आगो लगाइएको प्रहरीको अनुसन्धानले देखिएको छ । पसलमा रहेको अधिकांश औषधी क्षतिग्रस्त बनेको छ ।
आगो कसले लगायो भन्ने विषयमा केहि खुल्न सकेको छैन । प्रादेशिक अस्पताल अगाडी रातभर पसल संचालन हुदै आएको अवस्थामा यस्तो घटना हुन गएको हो । तर औषधी पसलमा कसले आगजनी गरेको वारेमा अहिलेसम्म खुल्न नसकेको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !