लोक समाचारदाता
जनकपुरधाम, माघ १६ गते।
महोतरीको बखरी स्थित जलेश्वरनाथ सव-डिभिजन वन कार्यालयका एक रेन्जरलाई अख्तियारले घुस सहित पक्राउ गरेको छ।
रेन्जर (अधिकृतस्तर) राम अशिष यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १५ हजार रूपैया घुस सहित पक्राउ गरेको हो।
जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ को सिफारिससहित घरायसी चिरान काठ लोड गरेको ट्रयाक्टर नियन्त्रणमा लिई बिभिन्न बहाना बनाई सेवाग्राहीसँग १५ हजार रूपैया घुस लिएको थियो।
घुस लिइसकेको अवस्थामा जिल्ला सरकारी वकिलको कार्यालय महोत्तरीबाट उक्त रकमसहित यादवलाई आयोगको बर्दिबासबाट खटिएका टोलीले उनलाई पक्राउ गरेको हो। निज विरूद्ध अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !