लोक समाचारदाता
जनकपुरधाम, माघ १५ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सर्वसाधारण नागरिकको सेवाका लागि खोलिएका वित्तिय संस्था बैंकहरु माफियाहरुको कब्जामा रहेको आरोप लगाएका छन ।
बुधवार आईएमईद्वारा संचालित पैसा कार्ड लन्चिंग कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने आम निमुखा गरीब जनतालाई विशेष सुविधा दिने भनी सरकारी तथा निजीस्तरका दर्जनौ बैंकहरु छन, ती बैंकहरुले झन्झिटिलो प्रक्रिया बनाएर तिनीहरुलाई ऋण दिदैन ।
तर त्यही बैंक बढी रकम लिने ठूलठूला कम्पनी भनिएका माफियाहरुलाई बिना कुनै प्रक्रिया कै करोडौ रुपैया लिने गरेको छ, जसको परिणाम अहिलेपनि गाउँघरमा निमुखा जनता चर्को ब्याजदरमा साहु महाजनसँग ऋण लिन बाध्य रहेको आरोप लगाए ।
बैंक खोल्नु र तिनीहरुले सेवा प्रवाह गर्नु राम्रो कुरा हो तर तिनीहरुले गरीब निमुखा जनता, स साना व्यवसायीहरुलाई ऋण लिने सुविधा सहज बनाएर तिनीहरुको जिवन उक्सान आवश्यकता रहेको कुरामा मुख्यमन्त्री राउतले जोड दिए ।
यूकेएड र सक्षमको सहयोगमा आईएमईले जनकपुरधामलाई कैसलेश बनाउने उद्देश्यले बिना इन्टरनेटकै मोबाइलबाट संचालन हुने पैसा कार्ड कार्यक्रम संचालनमा ल्याएको छ ।
आईएमईले रेमिटान्सबाट मोटो रकम कमाउने उद्देश्यले जनकपुरधाम सहित प्रदेश २ लाई लक्षित गरी रेमिटान्स व्यवसाय संचालन ल्याएको थियो, अहिले देशैभरि राम्रो कमाई गर्दै आएको छ । सोही सफलताको दृष्टिगत गर्दै पैसा कार्ड कार्यक्रम पनि जनकपुरधामबाटै सुरुवात गरेको छ ।
प्रदेश २ बाट मात्रै रेमिटान्सबाट अर्बौ रुपैया कमाई सकेका आईएमईले यहाँका संचार माध्यमहरुलाई सूचना प्रवाह तथा विज्ञापनको अवसर नदिई काठमाडौलाई नै रोज्दै आएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !