लोक समाचारदाता
जनकपुरधाम, माघ १४ गते ।
सरकारको कार्यबाट असन्तुष्ट भई प्रदेश २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले पदबाट राजिनामा दिएकी छन् ।
उनी मंगलवार मुख्यमन्त्री लालबाबु सर्लाही गएको अवस्थामा राष्ट्रिय जनता पार्टी (राजपा)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाललाई राजीनामा बुझाएकी हुन् ।
उनी राजपा नेपालको तर्फबाट राज्यमन्त्री थिइन् । राजपा संयोजक मण्डलका सदस्य अनिल झा कि श्रीमती रहेकी झाले सरकारबाट असन्तुष्ट हुँदै पदबाट राजिनामा गरेको झाले जारी गरेको उल्लेख छ ।
उनले मन्त्रालयहरू सबै मुख्यमन्त्रीले चलाउन खोज्ने, क्याविनेटबाट पास भएका निर्णयहरू कार्यान्वयनमा अवरोध गर्ने लगायतका आरोप लगाएकी छिन् । उनले आर्थिक योजनामन्त्री विजय यादवले अवरोध गर्ने गरेको आरोप संचारकर्मीसँग कुरा गर्दै लगाएकी छिन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !