लोक समाचारदाता
काठमाडौ, माघ १४ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लेखा अधिकृत र कम्प्यूटर अपरेटर सहित दुई जनालाई घुस सहित पक्राउ गरेको छ ।
आयोगका अनुसार प्रदेश ३ स्थित पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत बिष्णु हरि पुडासैनीलाई निर्माणको क्रममा रहेका सडकको मोबिलाइजेशन पेश्कीका लागि सेवाग्राहीसँग लिएको २२ हजार रुपैया घुस रक सहित पक्राउ परेको हो ।
त्यसैगरी आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई बिद्युतिय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग लिएको १० हजार रुपैया घुस रकम सहित पक्राउ गरेको हो ।
दुवैजनालाई घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै आयोगले नियन्त्रणमा लिएको हो । आयोग टंगालबाट खटिई गएको टोलीले लेखाअधिकृत पुडासैनीलाई पक्राउ गरेको हो ।
अनुसन्धानको सिलसिलामा पि.के.बी. निर्माण सेवामार्फत हेटौंडा फर्पिङ, सिस्नेरी सडक निर्माणको लागि टेन्डर सम्झौता बमोजिमको मोविलाइजेशन पेश्की उपलब्ध गराउने क्रममा पुडासैनीले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीसँग बार्गे्निङ गरी घुसररिसवत दिन बाध्य बनाएको कुरा आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएको छ ।
निज पुडासैनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा बिगो कायम गरी उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी समेत गर्दै विशेष अदालतमा आरोप सहितको मुद्दा दायर गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !