लोक समाचारदाता
जनकपुरधाम, माघ ९ गते ।
प्रदेश २ मा राष्ट्रिय सभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल गठबन्धनका उम्मेदवार विजयी भएको छ ।
सो गठबन्धनबाट महिलातर्फ नेकपाकी तुलसा दाहाल ४६८, दलिततर्फ राधेश्याम पासवान ५८८ र राजपाका अल्पसंख्यकतर्फ शेखर सिंह ९९० र अन्य खुल्ला समूहतर्फ मृगेन्द्र सिंह यादव ८८८ मतको मतान्तरले विजयी भएको छ ।
दाहालले ५२०८ र उनका प्रतिद्वन्दी कांग्रेसकी नगिना यादव ४७४० मत प्राप्त गरेकी छिन भने दलिततर्फ राधेश्यामले ५२९२ र उनका प्रतिद्वन्दी समाजवादीका रामपृत पासवानले ४७०४ मत ल्याएको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिएका छन ।
त्यसैगरी अल्पसंख्यक तर्फ राजपाका शेखरले ५५०२ र कांग्रेसका भोला पजियारले ४५१२ मत ल्याएको छ भने अन्य खुल्ला समूहतर्फ राजपाका मृगेन्द्रले ५४०० र समाजवादीका अनिरुद्ध सिंह यादवले ४५१२ मत ल्याएका अधिकृत खतिवडाले बताएका छन ।
प्रदेश २ मा प्रदेश सभा सदस्य १०७ र स्थानीय तह प्रमुख उपप्रमुख २७२ गरी कुल ३७९ मतदाता रहेको थियो । प्रदेश सभा सदस्यको ४८ र स्थानीय प्रतिनिधिको १८ मतभार रहेको थियो ।
बिहान १० बजेदेखि शुरु भएको मतगणना दिउंसो ४ बजेसम्म चलेको थियो भने करीब ५ बजेदेखि मतगणना कार्य शुरु भएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !