लोक समाचारदाता
जनकपुरधाम, माघ ८ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोजेका पर्साको विरगंज महानगरपालिका २ छपकैया निवासी अम्बेया खातुन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालयका प्रहरीले चेकजाँचको क्रममा वीरगन्जबाट हेटौडातर्फ जाँदै गरेको बसबाट भन्सार छलेर खातुनले लगि रहेको लत्ता कपडा सहितका सामान नियन्त्रणमा लिएको थियो ।
सो सामानहरु छुटाउन खातुनले प्रहरी कर्मचारीलाई २८ हजार रुपैया घुस दिन खोज्दा अख्तियारले घुसको रकम सहित उनलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा आरोपी खातुनले भन्सार छलि ल्याएको सामानहरु छुटाउन प्रहरीलाई घुस दिन खोजेको पुष्टि भएको अख्तियारको दाबी छ ।
निज खातुन विरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय गरी सोही दफा ३ को उपदफा (१) बमोजिम बरामद बिगो रु. २८ जप्mत गर्ने मांग गर्दै आरोप सहित उजुरी दायर गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !