लोक समाचारदाता
जनकपुरधाम, माघ ७ गते ।
प्रहरीले अवैध यौन कार्यमा संलग्न आरोपमा एक जोडीलाई होटलबाट पक्राउ गरेको छ ।
सोमवार राति धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीमा संचालित अमरज्योति लज एण्ड गेष्ट हाउसबाट सो जोडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
उक्त होटलका संचालकले महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने गरेको आरोप लाग्दै आएकोमा छापामारी गर्दा अवैध यौन कार्यमा संलग्न ती जोडीलाई पक्राउ गरियो, तर होटल संचालक फरार हुन गएको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।
उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेका छ भने पक्राउ परेकाहरुलाई मानव वेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने धनुषा प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !