लोक समाचारदाता
जनकपुरधाम, माघ ३ गते ।
क्रुरतापुर्वक हत्या गरिएका अवैध उत्खनन अभियन्ता दिलिप महतोको परिवारलाई भेटघाट गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार तपाईको साथमा छ प्रतिबद्धता जनाएका छन ।
गत पुस २४ गतेका दिन अवैध क्रसर संचालक विपिन महतो लगायतका व्यक्तिहरुले योजनाबद्ध रुपमा अभियन्ता मिथिला नगरपालिका ५ श्रीपुर निवासी दिलिपको औरही खोला स्थित क्रसर उद्योगमा फलामे लिभर घोचि हत्या गरेका थिए । हत्यालाई दुर्घटनामा परिणत गर्न टिपर समेत शवमाथि चलाइएको थियो ।
परिवारको एक्लो सहारा रहेका दिलिपको परिवारको अवस्था अहिले आँसु थाम्नै नसकिने अवस्था छ । आमा अहिले बेहोसी अवस्थामै छिन भने दमा रोगबाट ग्रसित बुवा रामजीवन महतो अब परिवारको गुजारा कसरी हुने चिन्तामा स्तब्ध छन । पिडीत परिवारलाई सान्तवा दिन मुख्यमन्त्री राउत शुक्रवार उनको घरमा पुगी उनको बुवा, आमासित भेटघाट गर्दै हामी प्रदेश सरकार तपाईको साथमा छौ भन्दै पीडामा मल्हम लगाउने प्रयास गरेका छन ।
मुख्यमन्त्री राउतले पीडित परिवारलाई भेटेर हत्यामा संलग्न व्यक्तीहरुलाई हदैसम्मको कारबाही गराउन प्रदेश सरकारले आप्mनो तर्पmबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार हरसम्भव सहयोग गर्न तयार रहेको दिलिपको बुवा रामजीवन महतोलाई विश्वास दिलाए । सो क्रममा मुख्यमन्त्री राउतले दिलिपको तस्वीरमा पुष्प अर्पण गरेर श्रद्धाञ्जली अर्पण समेत गरको छन ।
प्रदेश सरकारले यसअघि नै पाँच लाख रुपैयाँ राहतको घोषणा गरिसकेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !