लोक समाचारदाता
जनकपुरधाम, माघ ३ गते ।
बक्यौता रकम नदिएको भन्दै उपभोक्ता समितिका व्यक्तिहरुले प्रदेश २ का मुख्यमन्त्री सहितका अन्य मन्त्रीलाई जुता चप्पल प्रहार गरेका छन । सो जुता चप्पल प्रहार गरेको आरोपमा धनुषा प्रहरीले ४ जना पक्राउ समेत गरेको छ ।
शुक्रवार जनकपुरधामको जिरोमाईलमा उपभोक्ता समिति सँग आबद्ध व्यक्तिहरुले गत आर्थिक वर्षमा विकास निर्माणको विभिन्न योजनाको बक्यौता रहेको रकम भुक्तानी मांग गर्दै मुख्यमन्त्री लालबाबु राउत सहितका अन्य ५ जना मन्त्रीहरुको फोटोमा जुता प्रहार गरेको थियो । पक्राउको विरोध गर्दै रिहाई र भुक्तानीको मांग गर्दै नगरमा प्रदर्शन जारी राखेका छन ।
संघर्ष समितिका पदाधिकारीहरुले आफुहरुले गरेको विकास निर्माणको काम वापत भुक्तानी नदिएको भन्दै आन्दोलनको क्रममा मुख्यमन्त्री तथा मन्त्रीहरु विरुद्ध नारावाजी गर्दै जुत्ता चप्पल प्रहार गरेपछि धनुषा प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई पक्राउ गरिएको जनाइएको छ ।
गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत बाँडिएका ८४२ योजना मध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी उपभोक्ताहरु समितिको भुक्तानी गर्न बाँकी छ ।
उपभोक्ता समितिका पदाधिकारीहरुले योजनाहरुको बक्यौता रहेको रकम भुक्तानी नगरिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालय तालाबन्दी गरिसकेका छन । सो तालाबन्दीले गर्दा हालसम्म पुर्वाधार कार्यालयको काम अवरुद्ध नै रहेको छ ।
उपभोक्तहरुको भूक्तानी नगरेको भन्दै प्रदेशसभामा प्रतिपक्षी दल तथा सत्ता पक्षकै सांसदहरुले गरेको प्रदेश सभा अबरुद्धले अहिले बैठक स्थगित गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !