लोक समाचारदाता
जनकपुरधाम, माघ १ गते ।
धनुषामा नेपाल सेल्फ डिफेन्स संघ विभिन्न करातेका गुरु तथा खेलाडीहरुको एक भेलाले गठन गरिएको छ ।
बुधवार जनकपुरधामको पिराडी चोकस्थित नेपाल क्युकोशिन कान करातेको खेलकुद हलमा भएको एक भेलाबाट २५ सदस्य नेपाल सेल्फ डिफेन्स संघ धनुषा जिल्ला कार्य समिति गठन गरिएको छ ।
नेपाल सेल्फ डिफेन्स संघ प्रदेश कमिटिका संयोजक वैजनाथ यादवको रोहबरमा गठन गरिएको जिल्ला कमिटिको अध्यक्षमा वरिष्ठ कराते गुरु श्रवण अचार्यलाई सर्वसहमतिले अध्यक्ष चयन गरिएको छ ।
त्यसैगरि, कमिटिको वरिष्ठ उपाध्यक्षमा मोहम्मद असगर खाँ, उपाध्यक्षमा अमित यादव, सचिवमा सुभाष पाठक, सहसचिवमा कमलेश राउत, कोषाध्यक्षमा सुनिल यादव र सहकोषाध्यक्षमा ग्रिष्मा साह रहेका छन् । त्यसैगरि, सदस्यहरुमा मनोज सिंह, राजकुमार साह, दिपेन्द्र दास, लक्ष्मेश्वर यादव, चन्देश्वर ठाकुर, शैलेन्द्र प्रसाद ठाकुर, धमेन्द्र यादव लगायतका छन् ।
बलवालिका तथा किशोरीहरुलाई आफ्नो जिउँज्यानको सुरक्षाका लागि नेपाल सेल्फ डिफेन्स संघ धनुषाले निःशुल्क रुपमा आत्मरक्षा सम्बन्धि तालिम दिने तथा जिल्लामा हुने सेल्फ डिफेन्स कार्यक्रम संघ मार्फत नै गर्ने गराउने उदेश्यले संघको स्थापना गरिएको नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष वैजनाथ यादवले बताएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !