लोक समाचारदाता
जनकपुरधाम, पुस २९ गते ।
धनुषा प्रहरीले पेस्तोल सहित दुई युवकलाई जनकनन्दनी गाउँपालिकाबाट पक्राउ गरेको छ ।
आफ्नै घर अगाडि पेस्तोल पड्काइरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय खजुरीबाट जनकनन्दनी गाउँपालिका ५ बाट स्थानीय दुई युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा स्थानीय २६ वर्षिय दिपेश कुमार महतो र १९ वर्षिय शुभकेश महतोलाई रहेको छ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मंगलवार दिउंसो करीब १ बजेको समयमा ती युवकहरुले आफ्नै घर अगाडि पेस्तोल पड्काउंदै आएको सूचना प्राप्त भएपछि नजिकै रहेका खजुरी प्रहरी चौकी खटिएका प्रहरी टोलीले तिनीहरुलाई हतियार सहित पक्राउ गरेको हो ।
प्रहरी पुग्दा तिनीहरुसंग हतियार फेला परेको थिएन । तर घटनाको अनुसन्धान गर्दै जाँदा तिनीहरुले नजिकै रहेको आफ्नै आँपको बगैचा जमिनमुनि लुकाएर राखिएको अवस्थामा हतियार बरामद गरिएको हो ।
ती युवकहरुलाई नियन्त्रणमा लिई हात हतियार तथा खरखजाना मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !