लोक समाचारदाता
जनकपुरधाम, पुस २९ गते ।
जनकपुरधाम स्थित मोडल मल्टिपल कलेजको बसले ठक्कर मोटरसाइकललाई ठक्कर दिंदा दुई युवकको मृत्यु भएको छ ।
मंगलवार बेलुका जनकपुर ढल्केवर सडक खण्डमा धनुषाको लक्ष्मिनिया र सपहीको बीचमा कलेजको ज १ क २८२ नम्बरको बसले ज १० प ३५३५ नम्बरको मोटरसाइकल ठक्कर दिंदा त्यसमा सवार दुवै युवकको मृत्यु भएको हो ।
ढल्केबरबाट जनकपुरतर्फ गइरहेको सो बसले विपरीत दिशाबाट आउँदै गरेको ती मोटरसाइकललाई ठक्कर हानेको दुर्घटनामा लक्ष्मीनिया गाँउपालिका वडा नम्बर ७ पर्सा पकडियाका २५ वर्षीय सन्तोस ठाकुर र क्षिरेश्वरनाथ नगरपालिकाका २५ वर्षीय अनवर राईन रहेका छन् ।
प्रहरीका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको थियो भने शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइसकिएको छ । घटना पश्चात सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
स्थानीय सडक अवरुद्ध गरी विरोध प्रदर्शनमा उत्रेका छन । तनावग्रस्त अवस्था नियन्त्रणमा लिन सो क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !