लोक समाचारदाता
जलेश्वर, पुस २१ गते ।
पशुपालनलाई प्रोत्साहित गर्न प्रदेश २ सरकारले अब किसानलाई दुध बिक्रीमा प्रतिलिटर २ रुपैया अनुदान दिनेछ ।
सोमवार महोत्तरीको कान्ति बजारमा साना कृषि सहकारी संस्था लिमिटेडको पांचौ साधारण सभाको उद्घाटन गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले दुध बिक्रीमा प्रदेश सरकारले किसानलाई प्रति लिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरे ।
उनले भने देशमा प्रदेश २ कृषिका लागि महत्वपूर्ण अगोटदै आएको छ । कृषिका लागि पशुपालन उत्तम साधन रहेकोले पशुपालन गर्न जरुरी छ, पशुपालनलाई प्रोत्साहन स्वरुप प्रदेश सरकारले दुधमा बिक्रीमा किसानलाई अनुदान दिने निर्णय गरेकोले अबदेखि सबै किसानले अनुदान पाउने प्रतिबद्धता जनाए ।
मन्त्री साहले अगामी दिनमा पशुपालनका लागि पशु खरीदमा समेत अनुदान दिने योजना ल्याउनुका साथै प्रदेश सरकारद्वारा नै विपन्न किसानहरुलाई पशु अनुदानमा दिने योजना ल्याउने समेत बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !