लोक समाचारदाता
जनकपुरधाम, पुस २१ गते ।
नापी कार्यालय वीरगञ्जमा कार्यरत सर्भेक्षक रामनरेश पासवानलाई अख्तियारले ७५ हजार रुपैया घुस सहित रंगेहात पक्राउ गरेको छ ।
सोमवार अख्तियारले जग्गा धनी पुर्जा बनाउने नाममा सेवाग्राही सँग घुस लिइरहेको गोप्य सूचनाको आधारमा हटौडाबाट खटेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले उनलाई घुस सहित रंगेहात पक्राउ गरेको हो ।
सर्भेक्षक पासवानले सेवाग्राही सँग जग्गा हालसाबिक गरि पुनः नापीको जग्गाधनी प्रमाणपुर्जा बनाइदिने भनी विभिन्न बहाना गरी सेवाग्राहीसँग पटक पटक घुस मांग्दै आएकोमा अन्ततः सोमवार घुस लिने बेलामै पक्राउ परे ।
उक्त रकमसहित उक्त नापी कार्यालय अन्तरगत २ नं. नापी टोलीको कार्यालय वीरगञ्ज, पर्साबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !