लोक समाचारदाता
जनकपुरधाम, पुस १९ गते ।
मैथिली विकास कोष जनकपुरधामको अध्यक्षमा पुनः जीवनाथ चौधरी चयन भएको छ ।
शनिवार मैथिली विकासको कोषको १८ औं साधारण सभाबाट अध्यक्षमा चौधरी र सदस्य सचिवमा श्याम सुन्दर शशिलाई पुनः सर्वसम्मतिले चयन गरिएको हो ।
साधारण सभाको बसेको बैठकबाट चयनित कोष नया कार्यसमितिको सदस्यहरुमा नवीन कुमार मिश्र, नित्यानन्द मण्डल, सुजितकुमार झा, पूनम झा मैथिल, अनितारानी मण्डल, विष्णुकान्त मिश्र र रामचन्द्र दास रहेको छ ।
कोषद्वारा गठित अध्यक्ष मण्डल रमेश रंजन झा, रामभरोस कापडि, रोशन जनकपुरी, रामसरोज यादव र सुनिलकुमार मल्लिक सहितका व्यक्तिले नयाँ कार्यसमिति चयन गरेको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !