लोक समाचारदाता
कपिलवस्तु, पुस १८ गते ।
कांग्रेसका सांसद अभिषेक प्रताप साह विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
ज्यान मार्ने उद्योगमा मुद्धामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले साँसद साहलाई पक्राउ गर्न पुर्जी जारी भएको हो । कपिलवस्तु राप्रपाका युवा नेता श्याम मिश्रलाई पुस ५ गते कुटपिट गरेको आरोपमा साहमाथी जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।
सो उजुरीको आधारमा मुद्दा दायर गरी प्रहरीले अदालत समक्ष जानकारी गराएको र अदालतकै आदेशमा पक्राउ पूर्जी जारी गरिएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !