लोक समाचारदाता
सिन्धुली, पुस १७ गते ।
सिन्धुलीमा १५ वर्षीय नाबालकलाई हत्या आरोपमा जन्मकैदको सजाय गरिएको छ ।
जिल्ला अदालत सिन्धुलीले मरिण गाउँपालिका १ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न आरोपमा नाबालकलाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासलेउनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला गरिएको हो ।
छलिमायासँग यौन प्रस्ताव राख्दा अस्वीकार गरपछि बालकले असोज २ गते हत्या गरेका थिए । बालिकाको घर नजिकैको जंगलमा रहेको खोल्सामा बालिकाको शव बरामद भएको थियो ।
छलिमायाको शव असोज ३ गते घाँटी निमोठी, घाँटी थिची हत्या गरिएको नाबालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको थियो ।
बालकलाई गत असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरेकोमा असोज १० गते अदालतले पुर्पक्षका लागि बाल सुधारगृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको बताइएको छ ।
बालक १८ वर्ष पूरा नभएसम्म बाल सुधार गृह सानोठिमी भक्तपुरमै रहने र त्यसपछि कारागारमा कैद सजाय भुक्तानका लागि पठाइने जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !