लोक समाचारदाता
जनकपुरधाम, पुस १७ गते ।
पुस १७ गतेका लागि बोलाइएको प्रदेश सभा २ को बैठक स्थगित गरिएको छ ।
गत आर्थिक वर्षमा उपभोक्ता समितिको बक्यौता रहेको रकमको विवादले पछिल्लो दुई पटकदेखि प्रतिपक्षी दलले बैठक अवरुद्ध गर्दै आएको हो । सूचना टाँस गरी बैठक स्थगित गरिएको हो । तर के कति कारणले बैठक स्थगित गरिएको भन्ने कुरा खुलाइएको छैन ।
श्रोतका अनुसार बिहीवार दिनको एक बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता समितिको बक्यौता रकम भुक्तानी बारे सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो ।
तर मुख्यमन्त्री राउत बैठकमा उपस्थित हुन नसक्ने सम्भावना देखिएपछि बैठक नै स्थगित गर्नु परेको हो । प्रदेश सभाको आगामी बैठक पुस २४ गते बस्ने जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !