लोक समाचारदाता
जनकपुरधाम, पुस १६ गते ।
धनुषाको सबैला नगरपालिका रघुनाथपुर स्थित शिवनगर टोलमा भएको आगलागीमा करीब २ लाख रुपैया बराबरको क्षति भएको छ ।
बुधबार बेलुका साढे ५ बजेतिर भएको सो आगलागीमा स्थानीय अबदुल राईनको प्लोटी फार्ममा आगलागी हुँदा करिब २ लाख बराबरको क्षति जनाइएको छ । आगलागीबाट प्लोटी फर्ममा रहेको ८ सय कुखुराको चल्ला, १५ बोरा दाना, महत्वपूर्ण कागजात, दुई तल्ले घर र घरमा रहेका काठ दाउरा जलेर नष्ट भएको हो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !