Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ सरकारद्वारा भ्रमण वर्षको बेवास्ता (यी छन : भ्रमण स्थलहरु)


न्यूज डेस्क
जनकपुरधाम, पुस १६ गते ।

बुधवार १ जनवरी २०२० देखि भ्रमण वर्ष २०२० को औपचारिक शुरुवात भइसकेको छ । वर्ष २०१९ सम्म हुनुपर्ने प्रचार प्रसारको आभावले प्रदेशमा भ्रमण वर्ष खल्लो हुन गएको छ ।

प्रारम्भिक तयारी अपुग भएपनि औपचारिक सुरुवात त गरियो तर प्रदेश सरकारले खासै चासो लिएको देखिदैन । कार्यक्रम तालिका अनुसार प्रदेशका तीनवटै विमान स्थलमा मुख्यमन्त्रीदेखि मन्त्रीसम्मले हवाई मार्गबाट आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको थियो ।

तर मुख्यमन्त्री लालबाबु राउतले सो कार्यक्रमलाई बेवास्ता गर्दै प्रादेशिक अस्पतालको निरिक्षणमा गए । त्यस्तै उद्योव, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले सिमरा विमान स्थल र राज्य मन्त्री सुरेश मण्डलले राजविराज विमानस्थलमा पर्यटकलाई स्वागत गर्ने कार्यक्रम थियो तर उनीहरुले पनि भ्रमण वर्षको कार्यक्रमलाई बेवास्ता गएनन् । यसले के देखाउंछ भने प्रदेश सरकार भ्रमण वर्ष कार्यक्रमलाई अव्हेलना गरेका हुन ।

हुनत मन्त्रीहरुले गरेको बेवास्तालाई जोगाउंदै भ्रमण वर्ष २०२० का प्रदेश संयोजक मनीष झाले जनकपुरधाममा भारतीय पर्यटन राज्यमन्त्री आउने कार्यक्रम रहेकोले उनीहरु तय गरिएको जान नसकेको प्रतिक्रिया दिएका छन । जे भएपनि भ्रमण वर्ष २०२० प्रदेश २ मा पनि मनाइदै छ यसको सफलताप्रति सबैले लाग्नु पर्ने संयोजक झाको भनाई छ ।

भ्रमण वर्षको तयारी

प्रदेश २ मा हालसम्म प्रत्येक जिल्लामा समन्वय समिति गठन गरेर कार्य प्रक्रिया अघि बढाइएको छ । तयारी स्वरुप अहिलेसम्म विभिन्न पक्षलाई समेटेर अस्थायी राजधानी जनकपुरधाम सहित ८ वटै जिल्लामा अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न गरिसकिएको छ ।

प्रदेशका ८ वटै जिल्लामा एक प्रमुख केन्द्र तोकि ५/५ वटा गणतव्य स्थल आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि तोकिएको छ । पर्यटकहरुको स्वागतका लागि प्रत्येक जिल्ला र गणतव्य स्थलमा प्रवेशद्वार बनाइएको छ भने त्यहाँ बाह्य तथा आन्तरिक पर्यटकको स्वागत प्रदेशद्वारा गठित समन्वय समितिका पदाधिकारीले गरेको छ ।

कार्यक्रम सुरुवात जिल्ला जिल्लामा फरक फरक ढंगले गरिएको छ । पर्सामा संकराचार्य गेटमा भारतीय पर्यटकहरुलाई स्वागत तथा अन्तरक्रिया, बाराको सिमरा र कलैयामा जिल्लाका पर्यटकीय स्थलको विकास तथा समृद्धि बारे अन्तरक्रिया, रौतहटको गौर र नूनथरमा अन्तरक्रिया, सर्लाहीको मलंगवामा सोनवर्षा बोर्डर हुंदै आउने पर्यटकलाई स्वागत तथा अन्तरक्रिया, महोत्तरीको बर्दिबास अन्तरक्रिया र जलेश्वरमा भिठामोड बोर्डरबाट आउने भारतीय पर्यटकलाई स्वागत, धनुषाको जनकपुरधाम स्थित जानकी मन्दिरमा २०२० दियाबाती बालेर मिठाई लगायतका परिकारको प्रदर्शनी, सिरहाको लहानमा सरसफाई तथा रयाली प्रदर्शन, सप्तरीको राजविराज र छिन्नमस्तामा अन्तरक्रिया लगायतका कार्यक्रम गरिने भएको छ ।

प्रदेशका जिल्लाहरुको गणतव्य स्थल

बाराको सिम्रौनगढ दरबारमा रहेको मन्दिर

बारा : जिल्लाको अमलेख गञ्ज स्थित चुरियामाई स्थान, सिम्रौनगढ स्थित कंकालिनी मन्दिर र रानीबास, गढीमाईको महागढी माई मन्दिर, आधाबारको पर्सा नेशनल पार्कलाई गणतव्य स्थलको रुपमा राखिएको छ ।

पर्सा जिल्लाको पारसनाथ मन्दिर

पर्सा : रामभौरी भट्ठा स्थित दुग्धेश्वर महादेव मन्दिर, बिरगंजको घडिअर्वा पोखरी, संकचार्य गेट, महुवनको पारसनाथ मन्दिर र पर्सा स्थित सुर्यगंगा आरतीलाई गणतव्य स्थलको रुपमा राखिएको छ ।

रौतहटको नूनथर

रौतहट : गौर स्थित बाराहवा ताल, नजरपुरको निन्जाधाम, शिवनगरको पशुपतिनाथ मन्दिर, बागमती स्थित नूनथर, चन्द्रनिगहरपुरको शहीद पार्क रहेको छ ।

जनकपुरधाम स्थित जानकी मन्दिर

धनुषा : प्रदेशका राजधानी जनकपुरधाम स्थित जानकी मन्दिर, मिथिला आर्ट हाउस, विवाह मण्डप, जनकपुर रेलवे, गंगा सागर भ्रमणका लागि गणतव्य स्थलको राखिएको हो ।

जलेश्वर स्थित जलेश्वरनाथ मन्दिर

महोत्तरी : जलेश्वर स्थित जलेश्वरनाथ मन्दिर, मठिहानीको लक्ष्मीनारायण मन्दिर, बर्दिबासको पंचधुरा माईस्थान, रौजा बजार स्थित मुस्लिमहरुको रौजा मजार, टुटेश्वर स्थित टुटेश्वरनाथ मन्दिरलाई गणतव्य स्थलको रुपमा ताकिएको हो ।

सर्लाहीको नारीमन ताल

सर्लाही : जिल्लाको सलेमपुर स्थित चमेलीमाई मन्दिर, बागमतीको हरिहर्क क्षेत्र, चन्द्रनगरको नारीमन ताल, लालबन्दी स्थित राधाकृष्ण मन्दिर, सागरनाथको सागरनाथ जंगल सहितका वन क्षेत्र रहेको छ ।

छिन्नमस्ता भगवती मन्दिर

सप्तरी : सखडा स्थित छिन्नमस्ता सखडा भगवती मन्दिर, भारदहको कंकालिनी मन्दिर र कोशी टापु, तिरहुत गाउँपालिका स्थित लहजरा ताल, राजविराजको राजदेवी मन्दिर सहितका क्षेत्र सप्तरीको गणतव्य स्थल तोकिएको हो ।

सलहेश फुलबारी

सिरहा : बन्दीपुर स्थित बाबा ताल, महसोठाको राजा सलहेश स्थान, लहानको पकडिया गढ, ढोढनाको राजदेवी पंचवती मन्दिर र लहान स्थित सलहेश फुलबारी स्थान लगातका स्थानलाई पनि गणतव्य स्थलको रुपमा राखिएको छ ।

यी गणतव्य स्थल मध्ये पर्यटकलाई आकर्षित गर्न स्वरुप पर्यटकीय क्षेत्र घोषणा गरी एक÷एक वटा प्रमुख केन्द्र विन्दुको रुपमा प्रत्येक जिल्लामा तोकिएको छ ।

जस्तै धनुषाको धनुषाधाम स्थित धनुष मन्दिर र वन क्षेत्र, सप्तरीमा लाई प्रमुख केन्द्र विन्दुको रुपमा राखिएको छ भने सप्तरीको छिन्नमस्ता मन्दिर, सिरहाको सलहेश फुलबारी, महोत्तरीको जलेश्वरनाथ मन्दिर, बाराको गढीमाई र सिम्रौनगढ, पर्साको पारसनाथ महादेव मन्दिर, रौतहटको नूनथर र सर्लाहीको नाधीमणि ताल प्रमुख आर्कषण केन्द्रको रुपमा राखिएको जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव