लोक समाचारदाता
जनकपुरधाम, पुस १६ गते ।
जनकपुरधाम स्थित प्रदेश २ का प्रादेशिक अस्पताललाई नमूना अस्पताल बनाउने गरी नमूना अस्पताल योजना तयार पार्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन् ।
बुधवार मुख्यमन्त्री राउतले अस्पताल प्रशासकलाई यस्तो निर्देशन निरिक्षणको क्रममा दिएको हो । सो निरिक्षण कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव रामकृष्ण सुवेदी, समाजिक विकास मन्त्रालयका सचिव भरत सुवेदी सहितको उपस्थिति रहेको थियो ।
मुख्यमन्त्री राउतले अस्पतालको सरसफाई विगतको भन्दा अहिले व्यापक सुधार भएको प्रति अस्पताल प्रशासन, स्वच्छता अभियानीलाई धन्यवाद दिदै सरसफाई लाई निरन्तरता दिन आग्रह समेत गरे ।
उनले भने यो अस्पताल प्रदेशकै गौरव हो, यसमाथि जनताको विश्वासलाई बढाउन के के गर्न सकिन्छ, तत्कालिक, मध्यकालिक र दीर्घकालिन योजना बनाउनुस प्रदेश सरकार सहयोग गर्न तैयार छ ।
प्रदेश सरकार प्रादेशिक अस्पताललाई प्राधिकरणमा लग्ने तयारी भइरहेको भन्दै त्यसै अनुरुप उपचार सेवालाई गुणस्तरीय बनाउन समेत निर्देशन पनि अस्पताल प्रशासकलाई दिए । साथै आभाव रहेको जनशक्ति लोक सेवा आयोगबाट छिटै पुरा गर्ने तथा आवश्यक श्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !