लोक समाचारदाता
जनकपुरधाम, पुस १६ गते ।
मिशन दहेज मुक्त समाज प्रदेश २ ले बढदै गएको जाडोको दृष्टिगत गर्दै जनकपुरधाम उपमहानगरपालिका विभिन्न स्थानमा विपन्न तथा गरीब परिवारका व्यक्तिहरुलाई कम्बल वित्तरण गरेको छ ।
समाजमा विकृतिको रुपमा रहेको दाईजो प्रथा विरुद्ध विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको समाजले जाडोबाट जोगिन गरिव विपन्न तथा असहायहरुलाई कम्बल वित्तरण गरेको मिशन दहेज मुक्त समाजका अभियानी मोहम्मद साजिद हुसेनले जानकारी दिएका छन ।
समाजले जनकपुरधामका कुष्ठ रोगि आश्रम, कविर बाल अनाथ आश्रम, जानकी वृद्धा आश्रम, जनकपुरधाम उपमहानगरपालिका– वेङगाशिवपुर गरी ५ स्थानमा एकसय भन्दा बढी कम्बल वित्तरण गरेको उनले जनाएको छ ।
कम्बल वित्तरण कार्यक्रमका प्रमुख अथिति समेत रहेका प्रदेश २ का महिला बालवालिका तथा समाजिक न्याय समितिका सभापति जयनुल राईनले समाजको कार्यलाई प्रशंसा गरे । दाईजो विरुद्ध अभियान सञ्चालन गर्नु एक महत्वपुर्ण कार्य हो, उनले भने, तर कपडाको अभावमा जाडोबाट जोगिन गरिव असहायहरुका न्यानो बाडनु पनि महापुण्यको कार्य हो ।
महिला बालवालिका तथा समाजिक न्याय समितिका सभापतिको हैसितले पनि यस्ता क्रियाकलाप गर्न अन्य संस्थाहरुलाई सहयोग र प्रेरित गर्ने उनले बताए ।
समाजका प्रदेश २ अध्यक्ष मोहम्मद जब्बार नुरीले अन्य स्थानहरुमा पनि कम्बल वित्तरण गर्ने कार्यक्रम रहेको बताए । कम्बल वित्तरण कार्यक्रममा मुस्लिम महिला नेतृ तथा समाजकी सदस्य सबनम खातुन, जनकपुर ७ का वडासदस्य नाजिर हुसेन लगायका सहभागिता रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !