लोक समाचारदाता
जनकपुरधाम, पुस १४ गते ।
प्रदेश सभा २ का प्रतिपक्षी दलका सदस्यहरुले ससंसदीय विकास कोषको योजना अन्तर्गत विकास निर्माणको काम गर्ने उपभोक्ता समितिहरुको बक्यौता रहेको भुक्तानी नदिएसम्म सभा चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेका छन् ।
करिब डेढ महिना पछि सभाको बसेको बैठक ४० मिनेटमै प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल कांग्रेसका प्रदेश सभा सदस्यहरुले संयुक्त रुपमै अवरुद्ध गरेका हुन ।
प्रमुख प्रतिपक्षी दल नेकपाको तर्फबाट शत्रुध्न महतो र रामचन्द्र मण्डल, प्रतिपक्षि दल काँग्रेसको तर्फबाट प्रमुख सचेतक उपेन्द्र कुशवाहाले उपभोक्ता समितिको बक्यौता रकम प्रदेश सरकारले अविलम्ब भुक्तानी दिनुपर्ने मांग गरे ।
संसदीय विकास कोष अन्तर्गत भएका योजनाहरुको उपभोक्ता समितिको बक्यौता रकम भुक्तानी, जनता आवास, माननियहरुको संसदिय कोषको कार्यविधि, सशर्त अनुदान लगायतका विषयमा सरकारबाट समुचित रुपमा संतोषजनक जवाव नआएसम्मको लागि बैठक आवरुद्ध गरेको घोषणा नेपाली काँग्रेसका प्रमुख सचेतक कुशवाहाले गरेका हुन ।
नेपाली काँग्रेसले बैठक आवरुद्ध गर्दा सत्ता पक्षका सांसदहरुले समेत समर्थन गरेको छ । राष्ट्रिय जनता पार्टीका सांसद उपेन्द्र महतोले विपक्षीहरुले गरेको मांग जायज रहेको भन्दै, ‘मलाई लाग्छ मुख्यमन्त्री लगायत अहिले मन्त्रिमण्डलमा रहेको सम्पूर्ण मन्त्री अज्ञानी हो या त अनुभवहीन हो या बदनियतपूर्वक पैसा नदिई रहेको आरोप लगाए ।
मुख्यमन्त्रीले पटक पटक प्रतिवद्धता भूक्तनि गर्ने प्रतिबद्धता जनाएपनि अहिले सम्म भएन् । सरकारले भूक्तानिको लागि समिति गठन गर्यो तर समितिले प्रतिवेदन बुझाएपनि अहिले सम्म भुक्तानि नदिएकोले आफु उक्त समितिको सदस्य रहेकोले सदन आवरुद्ध गरेको बताए । पिडितहरुले समेत उपसमिति बनाएको र तिनीहरु विरोध कार्यक्रममा आफूहरु पनि सहभाग हुने बताए ।
प्रदेश २ का सभामुख सरोज रायले आधा घण्टाको लागि बैठक स्थगित गर्दै सत्ता पक्ष र प्रतिपक्षलाईृ छलफलको समय दिएको छ । छलफलमा सहमति भए बैठक चल्ने नभए अवरुद्धै रहनेछ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !