लोक समाचारदाता
जनकपुरधाम, पुस १४ गते ।
प्रदेश २ सरकारको कार्यालय मधेश भवन अगाडि धर्ना र विरोधजन्य प्रदर्शन गरे कारवाही हुने सहितको निषेधाज्ञा जारी गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा अन्य मन्त्रालयहरु समेतको संयुक्त रहेको मधेश भवन अगाडि कुनैपनि समूह वा संघ संगठनले धर्ना तथा विरोधजन्य प्रदर्शनमा पुुस १४ गतेदेखि लागू हुने गरी रोक लगाउंदै जिल्ला सुरक्षा समिति धनुषाले निषेधाज्ञा जारी गरेको छ ।
संचारकर्मीसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले भने मुख्यमन्त्री तथा अन्य मन्त्रालयका कार्यलयहरु संवेदनशीलको दृष्टिगत गर्दै सुरक्षा समितिको निर्णयानुसार निषेधाज्ञा जारी गरेको भने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालय र अन्य मन्त्रालय समेतको रुपमा रहेको मधेश भवन वरिपरि रेलवे लिंक पश्चिम खण्डको दक्षिणदेखि पश्चिम ढोकासम्मको ५० मीटर भित्र कुनैपनि धर्ना वा विरोध प्रदर्शन नगर्न÷गराउन भनी निषेधाज्ञा क्षेत्र तोकिएको उनले जानकारी दिए ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम सुरक्षाको संवेदनशीलता हेरेर निषेधाज्ञा जारी गरिएको बताउंदै प्रजिअ कणेलले भने आफ्ना मांग सम्बोधन गराउन धर्ना वा विरोध प्रदर्शन गर्न÷गराउन संवैधानिक अधिकार रहेपनि तोकिएको क्षेत्र बाहेक यदि कसैले निषेधाज्ञा क्षेत्र त्यस्ता कार्यक्रम गरे कानून बमोजिम कारवाही हुनेछ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !