लोक समाचारदाता
जनकपुरधाम, १३ पुस गते ।
तराई मधेशमा बढदै गएको दाइजो प्रथा निर्मुल पार्ने उद्देश्यले अघि बढेका मिशन दहेज मुक्त समाजले एक विपन्न परिवारका व्यक्तिलाई आफ्नै खर्चमा दाइजो रहित विवाह गराएका छन ।
दाईजो विरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएका समाजले एक वैवाहिक कार्यक्रम आयोजना गरी महोत्तरीको पिपरा गाउँपालिका ६ बस्ने समिम अन्सारीकी २० वर्षिया छोरी रिजवाना खातुनकोसमाजिक परम्परा अनुसार विवाह गराएका छन ।
खातुनको भारत विहार मधुवनी निवासी मुल्ला अन्सारीको २१ वर्षिय छोरा सरफरास अन्सारीसँग विवाह सम्पन्न भएको हो ।
समाजका अध्यक्ष मोहम्मद जब्बार नुरीले दाईजो वाहेक विवाहमा लाग्ने सम्पुर्ण खर्च मिशन दहेज मुक्त समाजले व्यहरेको बताए । उनले भने,‘ हाम्रो संस्थाले पछिल्लो एक वर्षदेखि दाईजो विरुद्ध अभियान सञ्चालन गरेको छ, विना दाईजो विवाह गर्न प्रोत्साहन गरिरहेको छ ।
अव गरिव विपन्न तथा असहायलाई छोरीलाई समाजले नै विना दाईजो विवाह गराउने कार्यक्रम पनि गर्नेछ ।’ खातुनको बुवा समिम अन्सारी मृत्यु भएको र घर आर्थिक अवस्था दयनिय भएकोले समाजले विवाहको सम्पुर्ण खर्च गरेको उनले बताए ।
मिशन दहेज मुक्त समाजका अभियानी मोहम्मद साजिद हुसेनले अव प्रत्येक साल दुई भन्दा बढी गरिव विपन्न परिवारका छोरीलाई मिशन दहेज मुक्त समाजले समाजिक रुपमा विवाह गराउने बताए । सो वैवाहिक कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, पुर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव, प्रदेश सभा सदस्य रामअशिष यादव, परमेश्वर साह लगायतका वरिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !