लोक समाचारदाता
जनकपुरधाम, पुस १३ गते ।
चालु महिनाको शुरुवातलेखि नै तराई मधेशमा अत्याधिक बढदै गएको शितलहर र जाडोको दृष्टिगत गर्दै धनुषामा १३ दिनपछि ६ दिनका लागि विद्यालय बन्द गरिएको छ ।
शितलहर र कठ्याग्रिदो चिसोका कारण स साना बालबालिकाहरुलाई विद्यालय जान कठिनाइ भइरहेको भन्दै शिक्षा विकास तथा समन्वय इकाईले मंसिर १३ गतेदेखि १८ गतेसम्म ६ दिनका लागि सामुदायिक विद्यालय बन्द गराएको छ ।
लोकपुकारसँग कुरा गर्दै इकाईका प्रमुख बरखु प्रसाद रजकले भने हुन अत्यधिक जाडो बढेको १३ दिनसम्म घाम लाग्छ भन्ने पर्खाइमा थियौं, तर जाडो घटनुको सट्टा बढदै गएपछि विद्यार्थीहरुको समस्यालाई दृष्टिगत गर्दै ६ दिनका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
यसैबीच निजी विद्यालयका संघ संगठनहरुले पनि १४ गतेदेखि १६ गतेसम्म ३ दिनका लागि विद्यालय बन्द निर्णय गरेको छ । निजी विद्यालयका प्याबसन र एनप्याबसन सहितका संघ संगठनहरुले जाडोमा विद्यार्थीहरुलाई विद्यालय आउन समस्या भइरहेको भन्दै संयुक्त रुपमै तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
प्रदेश २ का अधिकांश जिल्ला सहित स्थानीय तहले जाडोको दृष्टिगत गर्दै धमाधम विद्यालय बन्द गरेपनि धनुषामा अत्यधिक जाडो बढेको १३ दिनसम्म पनि कुनै स्थानीय तहल विद्यालय बन्द नगरेपछि अन्त्यमा आएर शिक्षा विकास तथा समन्वय इकाई समितिलाई विद्यालय बन्द गर्ने निर्णय पुगेको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !