एजेन्सी
नाइजेरिया, पुस १२ गते ।
नाइजेरियामा आतंकवादी समूह स्लामिक स्टेट (आईएस) ले ११ जनाको घाँटी रेटेर हत्या गरेको छ ।
यसै वर्षको अक्टुबर महिनामा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप आईएसले उनीहरुको हत्या गरेको समाचार एजेन्सी अमाक मार्फत जनाएको छ ।
समाचार एजेन्सी मार्फत एक भिडियो सार्वजनिक गरी ११ जनाको हत्या गरेको जानकारी दिएको छ । करीब ५६ सेकेण्डको उक्त भिडियोमा एक व्यक्तिलाई गोली हानेर ढालिएको छ । बाँकी १० जनालाई धकेलेर खाल्डोमा खसाइएको छ र त्यहीँ घाँटी रेटेर हत्या गरिएको भिडियोमा देखाइएको छ ।
हत्या गरिएकाहरुको परिचय नखुलेपनि तिनीहरु पुरुष नै रहेको भिडियोमा देखिन्छ । आईएसका अनुसार उनीहरुलाई उत्तरपूर्वी बोर्नो राज्यबाट नियन्त्रणमा लिइएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !